मधेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार ०९:१५

काठमाडौं । जनमत पार्टीका सांसदले विश्वासकाे मत फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

Advertisement

मधेश प्रदेशसभामा हाल कायम रहेको १०२ जना प्रदेशसभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ । अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरुको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ । मधेश प्रदेशसभाका सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ प्रदेशसभा वैठक बोलाइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
कर्मचारी समायोजनपछि प्रदेशकै कानुन लागू हुने सर्वोच्चको फैसला
अनुदानको मल कालोबजारी गर्नेलाई कारबाही गरिने
मधेसका मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने
राष्ट्रिय दलित आयोगका सदस्यद्वारा राजीनामा
बजेट तयारी : प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
 सरकारको नीति तथा कार्यक्रम जनमोर्चाद्वारा अस्वीकार
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.