प्रेस युनियनको संगठन सुदृढीकरण र व्यावसायिक विकासका ७ बुँदे निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १४:५२
प्रेस युनियनको संगठन सुदृढीकरण र व्यावसायिक विकासका ७ बुँदे निर्णय

भोजपुर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको पूर्ण बैठक भोजपुरमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको उक्त बैठकले संगठन सुदृढीकरण, विधान संशोधन, सदस्यता विस्तार र पत्रकारिताको व्यावसायिक विकास लगायतका विषयमा सात वटा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले आगामी जेठ १३ गते काठमाडौंमा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय विधान सभालाई मध्यनजर गर्दै विधान संशोधनका लागि सुझाव समिति गठन गरेको छ । प्रदेश महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा गठित उक्त समितिले प्रदेशका १४ वटै जिल्ला शाखाबाट सुझावहरू संकलन गरी केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।

Advertisement

संगठनलाई थप चलायमान बनाउन कोशी प्रदेशका सबै जिल्लामा सदस्यता विस्तार अभियान सञ्चालन गरिने भएको छ । ‘प्रेस स्वतन्त्रता, श्रम अधिकार र पत्रकारको पेसागत सुरक्षाका लागि सक्रिय पत्रकारहरूलाई गोलबद्ध गर्दै साझा आवाज बलियो बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष नवोदितले भने ।

बैठकले युनियनको स्थापना दिवसलाई प्रदेशभरि भव्य रूपमा मनाउन सबै जिल्ला शाखाहरूलाई आह्वान गरेको छ । साथै, आगामी दिनमा झापामा सल्लाहकार तथा परामर्श समितिसहितको विस्तारित भेला आयोजना गर्ने र शाखाहरूबिचको समन्वयलाई थप मजबुत बनाउने निर्णय समेत गरिएको छ ।

बैठकमा सहभागी पदाधिकारीहरूले पत्रकारिता क्षेत्रमा बढ्दो चुनौती, डिजिटल मिडियाको प्रभाव र श्रमजीवी पत्रकारहरूको अवस्थाका बारेमा गम्भीर छलफल गरेका थिए । सञ्चार माध्यमको बदलिँदो स्वरूपसँगै पत्रकार संगठनहरूले पनि आफूलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

भोजपुरमा आयोजित बैठकले स्थानीय पर्यटन र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा पत्रकारिता क्षेत्रले खेल्नुपर्ने भूमिकाका बारेमा पनि विशेष निर्णय गरेको छ । स्थानीय तह र पर्यटन व्यवसायीसँगको सहकार्यमा भोजपुरलाई पूर्वी नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सञ्चारकर्मीहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

प्रेस युनियन कोशी प्रदेशले संगठनलाई विकेन्द्रीकृत गर्ने उद्देश्यले प्रदेशका विभिन्न स्थानमा पुगेर बैठक गर्ने संस्कारको विकास गरेको छ । यसअघि विराटनगर, धनकुटा, भेडेटार, गाईघाट र बेलका जस्ता स्थानमा बैठक सम्पन्न भइसकेका छन् । प्रदेश नेतृत्व जिल्लामै पुग्दा स्थानीय पत्रकारका समस्या पहिचान गर्न र समन्वय बढाउन सहज भएको महासचिव सञ्जीव वाग्लेले बताए ।

तपाइको प्रतिक्रिया
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.