जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १५:१०

जनकपुरधाम। सप्तरीमा विवाहको प्रलोभन दिई पटक–पटक करणी गरेको घटनामा एक युवकलाई सात वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले महादेवा गाउँपालिका- ४ डाढा टोल बस्ने २१ वर्षीय अजय कुमार साहलाई उक्त सजाय सुनाएको हो। गएको फागुनमा फैसला सुनाइएको भए पनि फैसलाको पूर्णपाठ भने हालैमात्र सार्वजनिक भएको छ।

Advertisement

२०८२ वैशाख ११ गते दर्ता भएको मुद्दामा सातौँ पेशीमा गत फागुन १७ गते अदालतले फैसला सुनाएको थियो। साहले विवाहको प्रलोभन देखाएर २०८१ चैत ८ गते साँझको समयमा पीडितलाई आफ्नो घरमा बोलाएर रातिको समयमा इच्छा विपरीत पटक–पटक जबरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले जाहेरी दिएका थिए।

युवकले पीडित र आफूबीच टिकटकको माध्यमबाट चिनजान भएको र दुवै जनाबीच प्रेम भई विवाह गर्नेसम्म सहमति भएको बयान दिएका थिए। उनले विवाह गर्छु भनि पीडितकै सहमतिमा करणी गरेको दाबी गरेका थिए। तर पीडितले आफूलाई फोन गरेर बोलाएर जबरजस्ती करणी गरेको र आफू रोई कराई गर्दा साहले विवाह गर्ने भन्दै फकाई सोही राति सोही ठाउँमा छोडेर फरार भएको बताएकी छन्।

अदालतमा भने साहले जाहेरवालालाई नचिनेको तर पीडित भनिएकी युवतीलाई टिकटकमा साथी भएकाले चिनेको भन्दै आफूले जबरजस्ती करणी नगरेको भन्दै इनकारी बयान दिएका थिए। उनले अदालतमा इनकारी बयान गरेपनि अनुसन्धानको क्रममा बयान गर्दा पटक-पटक विवाह गर्छु भनी पीडितकै सहमतिमा करणी गरेको स्वीकार गरेका थिए। पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र परीक्षण गर्ने विशेषज्ञ चिकित्सकको बकपत्रले समेत जबरजस्ती करणी भएको पुष्टि भएको अदालतको ठहर छ।

तपाइको प्रतिक्रिया
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.