सरकारको कार्यशैलीप्रति रुष्ट छन् प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार १०:५६

सुर्खेत । बालेन शाह नेतृत्वकाे सरकारको कार्यशैलीप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् ।

प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले यस्ताे बताएका हुन् ।  उनले सरकार नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने बताए ।

Advertisement

जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको उनकाे भनाइ छ । निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनले बताए ।

सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसम्बन्धी समस्या समाधान नभएको उनको भनाइ छ ।  संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको प्रचण्डको भनाइ छ । अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ ।

फरक प्रसंगमा उनले पार्टीको महाधिवेशनबाट नयाँ पार्टी निर्माण गर्ने निर्णय भएको जानकारी दिँदै वामपन्थी एकताको विषयलाई पनि अघि बढाइएको बताए । तर, तत्कालै एकता हुने अवस्था भने नरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.