जेनजी घटनासँग सम्बन्धित प्रतिवेदन किन गोप्य ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १५:२५

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटना र त्यसपछिको विध्वंसका बारेमा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझै सार्वजनिक नगरिएको विषयलाई लिएर संसदमा प्रश्न उठाइएको छ ।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की जाँचबुझ आयो को प्रतिवेदन सरकारलाई बुझाइसकिएको भए पनि सार्वजनिक नगरिनु लोकतान्त्रिक मूल्य र पारदर्शिताविपरीत भएको बताए ।

Advertisement

केसीले सरकारसँग प्रश्न गर्दै यति संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन किन लुकाइयो ? भन्नेबारे संसद र जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे । ‘राज्यले पीडित, घाइते तथा मृतकका परिवारप्रति जवाफदेही हुनुपर्ने हो,’ उनले भने, ‘तर, प्रतिवेदन गोप्य राखिनुले उल्टै शंका र अविश्वास बढाएको छ ।’

उनले घटनामा ज्यान गुमाउने नागरिक, घाइते हुने सर्वसाधारण र प्रभावित परिवारहरूको न्यायका लागि सत्यतथ्य सार्वजनिक हुन अनिवार्य भएको उल्लेख गरे । ‘यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरेर दोषी पहिचान गर्ने र कानुनअनुसार कारबाही गर्ने दायित्व राज्यको हो,’ केसीले संसदमा भने ।

केसीले जाँचबुझ आयोगको मात्रै नभएर राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन पनि अझै सार्वजनिक नभएकोतर्फ ध्यानाकर्षण गराए । हिंसात्मक घटनाका बारेमा अध्ययन गर्न मानव अधिकार आयोगले लिली थापाको संयोजकत्वमा तयार पारेको प्रतिवेदनका बारेमा पनि सरकारले मौनता अपनाएको उनको आरोप छ ।

उनले राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक निकायको प्रतिवेदनसमेत सार्वजनिक नगर्नु गम्भीर विषय भएको बताए । ‘आयोगहरूले तयार पारेका निष्कर्ष लुकाउनु भनेको घटनाको वास्तविकता ढाकछोप गर्ने प्रयास हुन सक्छ । जसले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाउँछ,’ केसीले भने ।

केसीले दुवै प्रतिवेदन तत्काल सार्वजनिक गर्न र संसदका सबै सदस्यलाई उपलब्ध गराउन माग गरे । उनले प्रतिवेदन लुकाउने, जनतालाई अनभिज्ञ राख्ने र घटनालाई राजनीतिक रूपमा ढाकछोप गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।

उनले घटनामा दोषी देखिएका व्यक्तिहरूमाथि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा पनि जोड दिए । साथै, राज्यले पारदर्शिता कायम नगरे नागरिकमा थप असन्तोष र अविश्वास बढ्ने चेतावनीसमेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
पूर्वमा पहिलो पटक राउटे मेला : उत्साहसँगै सामाजिक संवेदनशीलतामाथि प्रश्न
सर्वाेच्चका श्रीमान दुई कित्तामा, कामुको आदेशमा देखियो झगडा
सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन  
परराष्ट्र मन्त्रालयले माफी माग्यो
मोरङबाट निर्वाचित रास्वपा सांसदमाथि गम्भीर आरोप, विदेशी युवतीलाई गर्भवती बनाएर ‘गायब’
संवैधानिक प्रावधानविपरीत सत्तारुढ सांसदले उठाए प्रश्न
कोशीको खेलकुद बोर्डमा राजनीतिक भागबन्डा अन्त्य गरियोस्
भूकम्पपछि सात हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
सेयर बजारमा कारोबार सुक्दै, नेप्से लगभग स्थिर
स्कटल्यान्ड पराजित हुँदा नेपाल पाँचौं स्थानमा उक्लियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.