भूकम्पपछि सात हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १५:५५

एजेन्सी । चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रअन्तर्गत लिउझोउ सहरमा सोमबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पको गहिराइ करिब आठ किलोमिटर रहेको बताइएको छ । भूकम्पका कारण १३ वटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

घटनामा तीन जना बेपत्ता भएका छन् । चार जना घाइते भई अस्पतालमा उपचाररत छन् । बेपत्तामध्ये केही व्यक्ति भग्नावशेषभित्र फसेको आशंका गरिएको छ ।

भूकम्पअघि र पछि २.२ देखि ३.२ म्याग्निच्युडसम्मका पाँचवटा पराकम्प पनि महसुस गरिएको थियो । सबैभन्दा बढी क्षति लिउनान जिल्लाको ताइयाङछुन टाउनसिपस्थित साङदेङ गाउँमा भएको बताइएको छ । उक्त स्थानमा केही भवन पूर्ण रूपमा ध्वस्त भएका छन् ।

उद्धार तथा खोजी कार्यका लागि आपतकालीन सेवा, प्रहरी र दमकल टोली परिचालन गरिएको छ । ग्वाङ्सी क्षेत्रीय प्रशासनले लेभल–३ आपतकालीन प्रतिक्रिया लागू गरेको छ भने केन्द्रीय सरकारले पनि लेभल–४ आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै थप कार्यदल पठाएको छ ।

भूकम्पपछि ताइयाङछुन क्षेत्र हुँदै जाने सडकमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । उद्धार कार्य तीव्र पारिएको र प्रभावित क्षेत्रमा सहायता परिचालन गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
ओलीको सचिवालय प्रमुखमा पाल
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको फिर्ता पाउन थाले बचत
एमालेले विद्या भण्डारीलाई दियो पार्टी सदस्यता
पूर्वमा पहिलो पटक राउटे मेला : उत्साहसँगै सामाजिक संवेदनशीलतामाथि प्रश्न
सर्वाेच्चका श्रीमान दुई कित्तामा, कामुको आदेशमा देखियो झगडा
सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन  
परराष्ट्र मन्त्रालयले माफी माग्यो
मोरङबाट निर्वाचित रास्वपा सांसदमाथि गम्भीर आरोप, विदेशी युवतीलाई गर्भवती बनाएर ‘गायब’
संवैधानिक प्रावधानविपरीत सत्तारुढ सांसदले उठाए प्रश्न
कोशीको खेलकुद बोर्डमा राजनीतिक भागबन्डा अन्त्य गरियोस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.