
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।
यसअघि एमाले अध्यक्ष ओलीले भण्डारीको सदस्यता होल्ड गरेका थिए । निर्वाचनमा एमालेको लजास्पद हारपछि पार्टी भित्र संकटमा परेपछि ओली सदस्यता दिन तयार भएका हुन् ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकले पार्टी सदस्यता दिने निर्णय गरेको हो ।



















