आधा किलाे सुन र २० हजार डलरसहित भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार ०६:१९

विराटनगर । झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement

मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटमा शंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

पाठकको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन र ३० लाख ६५ हजार रुपैयाँ बराबरको २० हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.