प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार ०९:४३
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको जारी बैठकमा उनी विरुद्ध परेका उजुरीहरूको विवरण र शर्माले पेस गरेको कार्य योजना सांसदहरूलाई वितरण गरिएको छ। प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध कुल १६ वटा उजुरी परेका छन् । समितिका अनुसार ११ वटा उजुरी इमेलमार्फत प्राप्त भएका छन् भने ५ वटा लिखित निवेदनका रूपमा दर्ता भएका छन् ।

Advertisement

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार मंगलबारको बैठकमा सुरुमा उजुरीकर्ताहरूसँग छलफल गरिने छ । उजुरीकर्ताहरूको कुरा सुनेपछि आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने समितिको तयारी छ ।

सुनुवाइका क्रममा शर्माले आफ्नो कार्य योजना प्रस्तुत गर्नेछन् र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.