७७ जिल्लामा रास्वपाको जिम्मेवारी (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०७:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन विस्तार र अधिवेशनलाई केन्द्रमा राख्दै ७७ वटै जिल्लामा केन्द्रीय तहबाट जिम्मेवारी तोकेको छ ।

पार्टीले वडा, पालिका र जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन संघीय सांसद, केन्द्रीय विभागका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिल्लागत जिम्मेवारी दिएको जनाएको हो । रास्वपाले यसअघि समिति गठन नभएका वडाहरूमा जेठ २ गते भेला सम्पन्न गरिसकेको छ भने वैशाख २० अगावै गठन भएका वडामा जेठ ३ गते अधिवेशन गरिएको जनाएको छ ।

Advertisement

त्यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते भेला आयोजना गरिएको छ । वैशाख २५ अगावै गठन भएका पालिकामा जेठ १० गते पालिका अधिवेशन तोकिएको छ ।

पार्टीका अनुसार जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते अधिवेशन हुनेछ भने जेठ १० अगावै समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते अधिवेशन गरिनेछ ।

रास्वपाले जिल्ला अधिवेशनका लागि भने जेठ २३ र २४ गतेको मिति तय गरेको छ । अधिवेशनको सहजीकरण, समन्वय र संगठन व्यवस्थापनका लागि केन्द्रीय तहबाट जिल्लागत जिम्मेवारी बाँडफाँट गरिएको पार्टीले जनाएको छ ।

यी हुन् जिम्मेवारी पाउनेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.