‘जनताको असन्तुष्टि निर्वाचनमा पोखियो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १७:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता, शक्ति र स्वार्थको राजनीतिमा पुराना दल अल्झिँदा जनताले निर्वाचनमार्फत असन्तुष्टि पोखेको बताएका छन् ।

सुनसरीमा शुक्रबार आयोजित पार्टीको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले २०७४ पछि दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे । राजनीति जनताको मुद्दाभन्दा पनि सत्ता, गुट, परिवार र व्यक्तिगत स्वार्थतर्फ मोडिँदा नागरिकमा आक्रोश बढेको उनको भनाइ थियो ।

Advertisement

‘एउटासँग चुनाव लड्ने, अर्कोसँग सरकार बनाउने काम भयो । त्यसको कुनै स्पष्ट राजनीतिक कारण पनि देखिएन,’ उनले भने, ‘यसले जनतामा पुराना दललाई एकपटक देखाइदिऔँ भन्ने भावना पैदा भयो ।’ थापाले बाउबाजेदेखि एउटै चुनाव चिह्नमा मतदान गर्दै आएका मतदातासमेत यसपटक फरक निर्णयमा पुगेको उल्लेख गरे।

‘रुखमै भोट हाल्छु भनेर गएको मतदाताले पनि भित्र गएर देखाइदिए,’ उनले भने । उनले यो अवस्था कुनै एक नेताको कारण मात्र नभएको उल्लेख गर्दै आफू पनि त्यसको हिस्सेदार रहेको बताए । अब दलहरू अलमलिएर बस्न नहुने थापाको धारणा छ ।

तपाइको प्रतिक्रिया
अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ नेपालीको उद्धार
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै, शून्य सहनशीलताको नीतिसहित अघि बढ्ने तयारी
दुर्गा प्रसाईंको रिट खारेज
रवि, जीबी र छविविरुद्धका दुई अभियोग हटाइयो, सहकारी ठगी मुद्दा मात्रै कायम
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
‘जनताको असन्तुष्टि निर्वाचनमा पोखियो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.