१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १७:५४

झापा । लागुऔषध मुद्दामा अदालतबाट कैद तथा जरिबानाको सजाय सुनाइए पनि लामो समयदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–८ का ४१ वर्षीय गुल्लु भनिने मोहम्मद असर्फ शेख पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा भद्रपुर–८ को एसपी मोडबाट पक्राउ गरिएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी, खगेन्द्रबहादुर खड्काले बताए ।

Advertisement

इन्स्पेक्टर विजय चौहानको नेतृत्वमा खटिएको टोलीले शेखलाई नियन्त्रणमा लिएको हो । शेखलाई जिल्ला अदालत झापाले २०८१ असोज ११ गते लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

तर, अदालतले दोषी ठहर गरेर कैद तथा जरिबानाको फैसला गरे पनि उनी सजाय भुक्तान नगरिकन फरार भइरहेका थिए । पक्राउपछि शेखलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको प्रहरीले जनाएको छ । अदालतले उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार झापा चलान गरेको छ ।

तपाइको प्रतिक्रिया
अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ नेपालीको उद्धार
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै, शून्य सहनशीलताको नीतिसहित अघि बढ्ने तयारी
दुर्गा प्रसाईंको रिट खारेज
रवि, जीबी र छविविरुद्धका दुई अभियोग हटाइयो, सहकारी ठगी मुद्दा मात्रै कायम
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
‘जनताको असन्तुष्टि निर्वाचनमा पोखियो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.