दुर्गा प्रसाईंको रिट खारेज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १८:४५

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार उक्त रिट खारेज गर्दै उनलाई तत्काल रिहा गर्नुपर्ने माग अस्वीकार गरेको हो ।

अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुसन्धान कार्य चार दिनभित्र पूरा गरी जिल्ला अदालत पर्सामा पेस गर्न आदेश दिएको छ । यससँगै प्रसाईंमाथि भइरहेको अनुसन्धानलाई कानुनी समयसीमाभित्र निष्कर्षमा पुर्‍याउनुपर्ने अवस्था बनेको छ ।

Advertisement

प्रसाईंलाई पछिल्लो पटक जेठ ४ गते राति वीरगञ्जबाट पक्राउ गरिएको थियो । त्यसपछि पर्सा जिल्ला अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गर्न अनुमति दिएको थियो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार प्रसाईंले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरूले सार्वजनिक शिष्टाचारमा असर पार्ने, घृणा र द्वेष फैलाउने तथा जातीय र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका रहेको दाबी गरिएको छ । सर्वोच्चको आदेशपछि अब मुद्दा बन्दीप्रत्यक्षीकरणको दायराबाट अनुसन्धान प्रक्रियातर्फ केन्द्रित भएको छ ।

तपाइको प्रतिक्रिया
महानगरका ७८ प्रतिशत महिला आयआर्जनविहीन 
महानगरका ७८ प्रतिशत महिला आयआर्जनविहीन 
अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ नेपालीको उद्धार
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै, शून्य सहनशीलताको नीतिसहित अघि बढ्ने तयारी
दुर्गा प्रसाईंको रिट खारेज
रवि, जीबी र छविविरुद्धका दुई अभियोग हटाइयो, सहकारी ठगी मुद्दा मात्रै कायम
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.