भारतमा बढ्यो पेट्रोलियमको मूल्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०७:२९

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । पछिल्लो १० दिनमा पेट्रोल र डिजेलको मूल्य तेस्रोपटक वृद्धि भएको हो ।

भारतीय अधिकारीहरुका अनुसा आज (शनिबार) बिहान ६ बजेदेखि लागू हुने गरी पेट्रोलमा ८७ पैसा र डिजेलमा ९१ पैसाले मूल्य बढेको हो । यससँगै राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ र डिजेल ९२.४९ रुपैयाँ पुगेको छ ।

Advertisement

यसअघि मे १६ र मे १९ मा पनि लगातार मूल्यवृद्धि गरिएको थियो । मध्यपूर्वमा बढ्दो तनाव र आपूर्ति शृङखलामा देखिएको दबाबका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि भारतमा यसको प्रत्यक्ष असर परेको हो ।

मूल्यवृद्धिपछि सार्वजनिक यातायात, मालबाहक ट्रक र अन्य सवारी साधनको भाडा बढ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसले नेपालसहित सीमावर्ती क्षेत्रमा पनि पेट्रोलियमको आपूर्ति र मूल्यमा दबाब पर्ने अनुमान गरिएको छ ।

आगामी दिनमा इन्धन ढुवानी तथा दैनिक उपभोग्य वस्तुहरूको लागत समेत प्रभावित हुन सक्ने बताइएको छ । विशेषगरी ढुवानी भाडामा असर देखिने सम्भावना छ । यसको असर निकट भविष्यमा पर्न सक्छ ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.