गर्मीले जनजीवन कष्टकर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०६:५६

एजेन्सी । भारतमा बढ्दो गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । उत्तर प्रदेशसहित विभिन्न क्षेत्रमा तातो हावा र चर्को घामका कारण मानिसहरू हैरान भइरहेका बेला प्रयागराजको कौशाम्बीबाट सार्वजनिक भएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा एक व्यक्तिले दिउँसो घरको छतमा गएर गर्मीको अवस्था देखाएका छन् । घामले छतको भुइँ यति धेरै तातेको देखिन्छ कि त्यहाँ खाली खुट्टाले उभिन कठिन हुन्छ । उनले चेतावनीस्वरूप तातेको भुइँमा तोरीको तेल खन्याएर त्यसमाथि काँचो अण्डा फुटाउँछन् । केही सेकेन्डमै अण्डाको सेतो भाग जम्न थालेपछि सूर्यको तापले अण्डा पाक्न थालेको दृश्य देखिन्छ ।

Advertisement

भारतीय मौसम विभागले उत्तर प्रदेशका धेरै जिल्लामा रेड र ओरेन्ज अलर्ट जारी गरिसकेको छ । गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपाय अपनाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.