कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०९:३९

विराटनगर । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिन गर्न तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । विराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगेका सभापति थापाले उक्त दिनको घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भदौ २३ गतेको घटनामा भइरहेको कानुनी कारबाहीप्रति समर्थन रहे पनि २४ गते भएको धनजनको क्षतिको विषयलाई सरकारले ओझेलमा पार्न खोजेको आरोप लगाए । ‘भदौ २३ गते अप्रिय घटना भयो, त्यसमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको छ, यसमा हाम्रो समर्थन छ,’ थापाले भने, ‘तर, २४ गते कोइराला निवासदेखि चाक्सीबारीसम्म र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको छ । थुप्रै तन्नेरी र प्रहरीहरू मारिएका छन् । यो घटनाको छानबिन गर्न न्यायिक आयोग बन्नुपर्छ । अहिले यसलाई ढाकछोप गर्न खोजिँदैछ, जुन हामीलाई स्वीकार्य छैन ।’

Advertisement

विधान विपरित चल्नेलाई ‘धन्यवाद’ दिएर बिदा गरिन्छ

पार्टीको आन्तरिक सुदृढीकरण र सदस्यता नवीकरणका विषयमा बोल्दै सभापति थापाले विधान विपरित कार्य गर्नेहरूलाई अब पार्टीमा स्थान नहुने प्रष्ट पारे । उनले पार्टीभन्दा बाहिर रहेका नेता-कार्यकर्तालाई मूलधारमा ल्याउन वातावरण बनाइरहेको जानकारी दिँदै अराजकता फैलाउनेलाई बिदाइ गर्ने बताएका हुन् ।

‘हामी अधिवेशनका लागि सदस्यता व्यवस्थापन गर्न छुट्टै र साझा संयन्त्र बनाउन तयार छौँ । सबैको चित्त बुझ्ने गरी नेताहरूलाई समेट्न हामी खुला छौँ,’ थापाले भने, ‘तर, सदस्यता नवीकरण वा पार्टीको काममा कसैले अवरोध सिर्जना गर्छ भने विधान अनुसार उसलाई ‘धन्यवाद’ पत्र दिएर अर्को साथीलाई जिम्मेवारी दिइन्छ । त्यो प्रक्रिया सुरु भइसकेको छ ।’

सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले जानीजानी लुकाएको आरोप लगाए । उनले संवैधानिक र कानुनी व्यवस्था अनुसार उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरे ।

‘मानव अधिकार आयोगमाथि ठूलो दबाब सिर्जना गरेर प्रतिवेदन सच्याउन वा लुकाउन खोजिएको हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘यदि हाम्रो बुझाइ गलत हो भने सरकारले तत्काल प्रतिवेदन सार्वजनिक गरोस् ।’

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.