
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन्। रूसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
रुसमा जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए । उनले रूसी कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल हुने बताइएको छ। नेपाल यही जेठ १३ गते स्वदेश फर्कनेछन् ।



















