बालेन तयार नभएपछि रवि भारत जाने, प्रधानमन्त्रीलाई पनि भेट्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १४:२२

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जान नमानेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जाने भएका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका हुन् ।

दुईदिने भ्रमणमा उनी २ जुनमा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन् । लामिछानेसँग उनकी पत्नी, स्वकीय सचिवसहित दुई सांसद पनि भ्रमणमा सहभागी हुनेछन् । सांसदद्वय विपिनकुमार आचार्य र दीपक बोहरा भ्रमण टोलीका सदस्य छन् ।

Advertisement

लामिछानेले दिल्लीमा दुई दिन राजनीतिक भेटघाट गर्ने तालिका तय गरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम पक्का गरिएको छ । यसबारे भाजपाले नै औपचारिक सूचना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । लामिछानेको अयोध्या भ्रमणको कार्यक्रम पनि तय गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.