अमेरिका र इरानबीच केही विषयमा सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार ०६:२४

एजेन्सी । अमेरिका र इरानबीच केही महत्वपूर्ण विषयमा सहमति जुटेको संकेत देखिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दुई देशबीच केही मुद्दामा समझदारी बनेको बताएका हुन् ।

बीबीसी फारसी सेवाका अनुसार बगाईले दुई देशबीच प्रगति भएको स्वीकार गरे पनि तत्काल औपचारिक सम्झौतामा हस्ताक्षर हुने अवस्था भने स्पष्ट नभएको बताएका छन् । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले दुई पक्षबीच अब एक–दुईवटा विषयमा मात्रै मतभेद बाँकी रहेको दाबी गरेका थिए ।

Advertisement

प्रवक्ता बगाईले वार्ता लम्बिनुको कारण अमेरिकी पक्षबाट आउने विरोधाभाषपूर्ण अभिव्यक्ति र वार्ताकै बीच आक्रमण गर्ने अमेरिकाको विगतको व्यवहार रहेको टिप्पणी गरेका छन् ।

उता भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानसँगको विषय सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै उनले छिट्टै महत्वपूर्ण प्रगति देखिन सक्ने संकेत दिएका हुन् ।

रुबियोका अनुसार अमेरिकाले इरानसमक्ष बलियो प्रस्ताव राखेको छ । उक्त प्रस्तावमा स्ट्रेट अफ होर्मुज खुला गर्ने र निश्चित समयसीमाभित्र परमाणु कार्यक्रमका बारेमा औपचारिक वार्ता सुरु गर्ने विषय समेटिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.