टिकटक पोस्टपछि सुनसरीबाट दुई किशोर पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १२:३३

इटहरी । सामाजिक सञ्जाल टिकटकमा हातहतियारजस्तो वस्तु बोकेको भिडियो पोस्ट गरेको घटनामा प्रहरीले दुई किशोरलाई सुनसरीबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार खोजतलासका क्रममा मंगलबार साँझ ६ः५० बजेतिर देवानगञ्ज गाउँपालिका–२ का १७ र १५ वर्षका दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट फलामले बनेको घरेलु हतियार ‘कटुवा पेस्तोल’ जस्तो देखिने वस्तु समेत बरामद गरेको जनाएको छ ।

Advertisement

टिकटकमा हातहतियार प्रदर्शन गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । नियन्त्रणमा लिइएका दुवै किशोर र बरामद वस्तु जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.