कोशीका मुख्यमन्त्रीको गुनासो, ‘हाम्रा हातखुट्टा बाँधिदैछन्’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १२:२६

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधीकारमाथि प्रहार गरिरहेको बताएका छन् ।

प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न मंगलबार बिहान आयोजित कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको बताएका हुन् । संघीय सरकारले केही दिनअघि नयाँ सवारी दर्ता नगर्न परिपत्र गरेको थियो । प्रदेशको क्षेत्राधिकार रहेको सवारीदर्तामा संघीय सरकारले एक्कासी हस्तक्षेप गरी दर्ता रोकेको उनले बताए ।

Advertisement

‘यातायात प्रदेशको क्षेत्रधिकारमा पर्छ । संघीय सरकारले नयाँ दर्ता बन्द गर्यो । सल्लाह बिना, यसले प्रदेशको आम्दानीमा प्रभाव पार्छ,’ उनले भने, ‘हाम्रा हातखुट्टा बाँधिदैछन् ।’ संविधानले नै दिएको अधिकार संघीय सरकारको परिपत्रका कारण प्रभावित भएको उनले बताए ।

संघीय सरकारले प्रदेशका क्षेत्रधिकारका अन्य विषयमा पनि हस्तक्षेप गरिरहेको छ । मन्त्री र सचिवस्तरीय निर्णय भन्दै प्रदेश कानुन र संविधानको भावनाविपरीत परिपत्र आइरहेका छन् । जसले गर्दा प्रदेश सरकार दबाबमा छ ।

संघीय सरकारले पठाएको परिपत्र कर्मचारीले सहजै मान्ने तर प्रदेशको कानुन कार्यान्वयनमा अटेरी गर्ने पारिपाटी देखिएको गुनासो मुख्यमन्त्रीले निकटस्थहरुसँग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
विदेशी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाह : जीवनस्तर सुधार सरकारको प्राथमिकता
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
प्रधानमन्त्रीलाई संसद्मा ल्याउने रास्वपाको आश्वासन
टिकटक पोस्टपछि सुनसरीबाट दुई किशोर पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.