प्रधानमन्त्री बालेनविरुद्ध उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १३:१४

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई जबरजस्ती विस्थापन गरी आत्महत्यासम्म पुग्न बाध्य बनाइएको आरोपसहित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लगायत जिम्मेवार पदाधिकारीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।

बाजुराका धर्मराज तिमिल्सिनाले आयोगमा दिएको निवेदनमा वैकल्पिक पुनःस्थापनाको व्यवस्था नगरी डोजर प्रयोग गरेर घरटहरा हटाइएको, २४ घण्टाभित्र स्थान खाली गर्न दबाब दिइएको तथा त्रासपूर्ण वातावरण सिर्जना गरिएको आरोप लगाइएको छ । उनले यस्तो कार्य संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी मान्यताविपरीत भएको दाबी गरेका छन् ।

Advertisement

 

उजुरीमा भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित गरिएको उल्लेख छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र अपांगता भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएको पनि निवेदनमा जनाइएको छ ।

प्रभावितहरूलाई राखिएका अस्थायी होल्डिङ सेन्टरमा बासी खाना, फोहोर पानी, अव्यवस्थित बसोबास र न्यूनतम मानवीय सुविधासमेत अभाव रहेको आरोप लगाइएको छ । त्यस्तै, बालबालिकाको पढाइ प्रभावित भएको, धेरैले रोजगारी गुमाएको र मानसिक तनावका कारण दुई जना भूमिहीन नागरिकले आत्महत्या गरेको दाबी पनि निवेदनमा गरिएको छ ।

निवेदक तिमिल्सिनाले घटनाका बारेमा स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
विदेशी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाह : जीवनस्तर सुधार सरकारको प्राथमिकता
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
प्रधानमन्त्रीलाई संसद्मा ल्याउने रास्वपाको आश्वासन
टिकटक पोस्टपछि सुनसरीबाट दुई किशोर पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.