CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?काठमाडौं । सरकारले बहुमतकाे दम्ब देखाइरहेकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छफ। सरकारकाे दम्भमा संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन खाेजेकाे आरोप कांग्रेसको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइन् ।
उनले संसद् केवल संख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको बताइन्। तर, सरकार बहुमतको दम्भमा संसद्को मर्यादा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको उनको आरोप छ।
उनले प्रतिपक्षको अवरोधबीच पनि बहुमतको दम्भमा विधेयकहरू पारित भएको बताइन्। प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकाका कारण संसदीय समितिहरूसमेत प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

























