जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १७:३५

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’ भनेर टिप्पणी गरेपछि संसदमा विवाद उत्पन्न भएको छ ।

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले नियमापत्ति गरेका छन् । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले निरन्तर नाराबाजी र विरोध गरिरहेकै अवस्थामा सभामुख डोलप्रसाद अर्यालले बैठक अगाडि बढाएका थिए ।

Advertisement

सोही क्रममा पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु गरिएको थियो । विधेयकमाथि धारणा राख्न रोष्ट्रममा पुगेका सांसद खरेलले विपक्षीहरूको विरोधलाई लक्षित गर्दै ‘तमासा’ शब्द प्रयोग गरेका थिए । उनको उक्त अभिव्यक्तिपछि संसद बैठकमा केहीबेर तनावपूर्ण अवस्था बनेको थियो ।

त्यसपछि नेकपाका सांसद मल्लले तत्काल उठेर नियमापत्ति गर्दै ‘तमासा’ शब्द असंसदीय र अपमानजनक भएको दाबी गरे । उनले यस्तो अभिव्यक्ति संसदको मर्यादाविपरीत रहेको भन्दै संसदको आधिकारिक रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेका थिए ।

सांसद मल्लले प्रतिपक्षी दलको विरोधलाई अवमूल्यन गर्ने गरी प्रयोग गरिएको शब्दले संसदीय अभ्यास र लोकतान्त्रिक संस्कृतिमाथि नै प्रश्न उठाएको टिप्पणी गरेका थिए । उनले विरोध गर्ने अधिकारलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र प्रयोग हुने भाषामा संयमता आवश्यक रहेको बताए ।

विपक्षी दलको अवरोधकै बीच सभामुखले बैठक अगाडि बढाएपछि सत्ता र प्रतिपक्षबीचको तनाव झन् बढेको देखिएको थियो । पछिल्लो समय संसदमा प्रयोग हुने शब्द र अभिव्यक्तिलाई लिएर बारम्बार विवाद सिर्जना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा
मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा
कोशीमा प्रदेश स्थानीय तहको कानुनको डिजिटल अभिलेख
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारीमेयर राजेशमान सिंह
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
संशोधनको समय नदिइ सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम, प्रतिपक्षीको अवरोध
मोरङमा लागुऔषधविरुद्ध सर्वपक्षीय प्रतिबद्धता
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा लागू
उर्लाबारीको काँसघारीमा सडेको शव : महिलाको मृत्यु रहस्यमय, पति प्रहरीको नियन्त्रणमा
कोशी प्रदेशको आगामी बजेट : उत्पादन, रोजगारी र पर्यटन मुख्य प्राथमिकतामा
जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.