वित्तीय संकट चुलिएपछि निजी अस्पतालमा स्वास्थ्य बीमा राेकियाे

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १०:१०

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डमा बढ्दो वित्तीय संकटका कारण आकश्मिक बाहेकका सेवा राेक्ने निर्णय गरेकाे हाे ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएकाे हाे ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका निजी स्वास्थ्य संस्थाहरूले अब जेठ १६ गतेदेखि आकस्मिक सेवा मात्र उपलब्ध गराउने छन् । अन्य नियमित उपचार, स्वास्थ्य जाँच र बीमाअन्तर्गतका सुविधाहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा स्थगित हुनेछन्  । “स्वास्थ्य बीमा बोर्डको हालको आर्थिक अवस्था र बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको हो,” बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

Screenshot

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×