आज पनि हर्क साम्पाङले देखाए प्लेकार्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १२:०३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) बिहीबारको संसद बैठकमा पनि प्ले कार्ड देखाउँदै सरकारकाे विरोध गरेका छन् । प्रधानमन्त्रीलाई संसद उपस्थित गराउन माग गर्दै उनले विरोध जनाएका हुन् ।

उनले संसद कि प्रधानमन्त्री बोलाउन कि त आफूलाई संसदबाट निष्कासन गर्न माग गरे ।

Advertisement

बैठकको सुरूमै पर्चा देखाउँदै उठेका राईले सभामुख डोलप्रसाद अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे।

प्रधानमन्त्रीलाई ल्याउन नसके ३१ को १ लागू गरेर आफूलाई निष्कासन गर्न माग गरे। ‘धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका छौँ। सभामुखले रुलिङ गर्न सक्नुभएन, नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउन नसके ३१ को १ लागू प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्नुपर्‍यो। म आज रिसाउँदिन, कराउँदिन यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनु पर्‍यो कि मलाई निस्केर जा भन्नुपर्‍यो’, राईले भने।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.