नासाको ‘मून बेस’ योजना सार्वजनिक : चन्द्रमामा स्थायी मानव बस्ती बनाउने गृहकार्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १९:००

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लक्ष्यसहित आफ्नो महत्वाकांक्षी ‘मुन बेस’ योजनाको प्रारम्भिक खाका सार्वजनिक गरेको छ । योजनाअन्तर्गत चन्द्रमामा पठाइने रोबोटिक ल्यान्डर, हपिङ ड्रोन तथा विशेष गाडीहरूको विवरण पनि सार्वजनिक गरिएको छ ।

नासाले ‘आर्टेमिस’ कार्यक्रमअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुव आसपास मानव बस्ती तथा आवश्यक पूर्वाधार विकास गर्ने रणनीति अघि बढाएको हो। वासिङ्टनस्थित नासा मुख्यालयमा आयोजित कार्यक्रममा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक गतिविधिका लागि आवश्यक संरचना निर्माणको विस्तृत मार्गचित्र प्रस्तुत गरिएको थियो । नासाका अनुसार मानव टोली पठाउनुअघि चन्द्रमाको कठिन भूभागको अध्ययन, नक्साङ्कन तथा वातावरणीय मूल्याङ्कनका लागि रोबोटिक ल्यान्डर र हपिङ ड्रोन प्रयोग गरिनेछ। यसले भविष्यमा मानव बसोबासका लागि उपयुक्त स्थान छनोट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Advertisement

‘मून बेस’ परियोजनालाई नासाले तीन चरणमा विभाजन गरेको छ। पहिलो चरण सन् २०२९ सम्म सञ्चालन हुनेछ, जसमा रोबोटिक अन्वेषण र आवश्यक प्रविधिको परीक्षण गरिनेछ। दोस्रो चरण सन् २०२९ देखि २०३२ सम्म रहनेछ, जहाँ प्रारम्भिक आवास प्रणाली, ऊर्जा आपूर्ति तथा सञ्चार पूर्वाधार निर्माण गरिने योजना छ। तेस्रो चरण भने सन् २०३२ पछि सुरु हुनेछ, जसअन्तर्गत चन्द्रमामा स्थायी मानव उपस्थिति कायम गर्दै त्यहाँ उपलब्ध स्रोत साधनको उपयोगमा केन्द्रित प्रविधि विकास गरिने लक्ष्य राखिएको छ।

यसैबीच, चीनले पनि सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने लक्ष्यसहित आफ्ना अन्तरिक्ष गतिविधि तीव्र बनाएको छ। हालै उसले ‘सियनझाउ–२३’ अन्तरिक्ष यानमार्फत ‘तियानगोङ’ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
मिल्स गोल्डकपः पाहुना टोलीलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा
मिल्स गोल्डकपः पाहुना टोलीलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा
नासाको ‘मून बेस’ योजना सार्वजनिक : चन्द्रमामा स्थायी मानव बस्ती बनाउने गृहकार्य
१ लाख ५० हजारसम्मका बचतकर्तालाई रकम फिर्ता
विमान दुर्घटना १ जनाको मृत्यु
विमान दुर्घटना १ जनाको मृत्यु
रास्वपा सभापतिसहित १७ सांसदको भूमिकामाथि प्रश्न, अनुसन्धान गर्न सिफारिस
आधा घण्टका लागि स्थगित काेशीकाे प्रदेशसभा जेठ १६ गते बस्ने
जेनजी आन्दोलन : रास्वपा सभापतिदेखि सुरक्षा प्रमुखसम्मलाई कारबाही सिफारिस
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।
एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता
एसियन गेम्समा नेपालले चीनलाई हरायो
एसियन गेम्समा नेपालले चीनलाई हरायो
जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.