जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १६:४०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेकाे घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो । उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रमेश लेखक र सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरको हो ।

Advertisement

आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी  अनुसन्धान गर्न पनि सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.