२०८४ को निर्वाचनका लागि हर्क साम्पाङले अघि सारे ‘मेयरका उम्मेदवार’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १६:४५
२०८४ को निर्वाचनका लागि हर्क साम्पाङले अघि सारे ‘मेयरका उम्मेदवार’

धरान । श्रम संस्कृति पार्टीले २०८४ सालको स्थानीय तह निर्वाचनका लागि धरानको मेयर पदको उम्मेदवार टुंगो लगाएको छ । पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई धरानको भावी मेयरका रूपमा घोषणा गरेका हुन् ।

धरान–४ का पूर्ववडाध्यक्ष धनबहादुर राईलाई मेयरको उम्मेदवार बनाउने अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन् ।

Advertisement

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत धरानको मेयरको विषय टुंगिएको बताएका छन् । उनले लेखेका छन्, ‘मैले धेरै सोचें, जनमत बुझें अनि मेरो पदचापलाई पछ्याउने धन ब.राई नै देखेँ ! आदरणीय निना चन्द्र सर प्रदेशको मन्त्री बन्नु पर्छ अनि धन ब.राई धरानको मेयर ! आज देखि मेयरको उम्मेदवारको विषय टुंगियो ! जय माटो ! जय देश !!’

मेयरका उम्मेदवार घोषित राई २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट धरान–४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । तर,  उनले एमाले परित्याग गरी वडाध्यक्ष पदबाट समेत राजीनामा दिएर श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.