रास्वपा नगर सभापतिमा निराैला विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ०५:५६

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगर समितिकाे सभापतिमा कृष्ण निरौला निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट सभापतिमा  निरौला निर्वाचित भएका हुन् ।  उपसभापतिमा विराटनगर ८ की निर्मला बुढाथोकी गिरी निर्वाचित भएकी छन्।

Advertisement

सभापतिका प्रत्यासी निरौलाले २०८ मत हासिल गर्दै सभापतिमा विजयी भएका हुन् । यसअघि, महानगर तदर्थ समिति संयोजक रहेका निरौलासंगै सभापतिमा सौरभ कोइरालाले ४१ र चित्रप्रसाद ढुंगेलले ३४ मत पाएका थिए।

उपसभापतिमा निर्मलाले १२६ मत हासिल गरेकी थिइन्। उनीसंगै उपसभापतिमा मनोज साह ७२ सविना खत्री ४६ र मन्दिराकुमारी पराजुलीले ३९ मत पाएका थिए।

त्यसैगरी, महानगरको सचिवमा विराटनगर ३ का अमरकुमार कटुवालले २२० मत हासिल गर्दा रुस्तमले ५९ मतमा सीमित भए। महानगरको सह सचिवमा विराटनगर ४ का विष्णु निरौला आकाश १९१ मतसहित निर्वाचित भए। महानगर समितिको सदस्यमा १९ वटाबाट सदस्य रहेकाछन्। कोषाध्यक्ष मनोनित हुने समितिको कार्यकाल ५ वर्षको हुने बताइएको छ।

तपाइको प्रतिक्रिया
विपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभा नियमावली पारित
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.