
काठमाडौं । इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पिएसजीले लगातार दोस्रो संस्करणको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
गाब्रिएल मगल्हाएसले पेनाल्टी प्रहार गोलमा परिणत गर्न नसक्दा आर्सनल पहिलो पटक उपाधि जित्ने सपनाबाट बञ्चित हुन बाध्य भयो ।
पेनाल्टी सुटआउटमा पेरिस सेन्ट-जर्मेइन (पीएसजी) ले लगातार दोस्रो वर्ष युरोपको सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगिताको उपाधि रक्षा गर्दै आफ्नो दबदबा कायम राख्यो ।
मिकेल अर्टेटाको टोलीले गत साता २२ वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्दै इतिहास रचेको थियो । तर च्याम्पियन्स लिग जित्ने सपना पूरा हुन सकेन ।



















