प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ०७:४९
प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गोली प्रहार गरी गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि कार्कीमाथि गोली चलाइएको थियो । उनको बायाँ खुट्टामा गोली लागेको छ । काठमाडौंको भद्रकाली घर भएका कार्कीमाथि शनिबार दिउँसो चप्पल कारखाना क्षेत्रमा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ ।

Advertisement

सोही लुटपाटको घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । फरार रहेका कार्कीलाई पछ्याउने क्रममा जडीबुटीमा फेला पारेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । घाइते कार्कीलाई उपचारका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.