विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ०९:१६
२३ सयमा ग्यास बेच्ने व्यापारी पक्राउ

काठमाडौं । विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरी एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जेठ ७ गते दिउँसो १२:४० बजेतिर कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई शिक्षक ओझाले कक्षा कोठामै कुटपिट गरेको आरोप छ। घटनापछि पीडित बालकका अभिभावकले जेठ १६ गते प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

Advertisement

जाहेरी दिएपछि शिक्षक ओझालाई हेटौँडा–६ पुतली बजारस्थित उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। विद्यार्थीको टाउकोमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी बालबालिकाविरुद्ध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.