टिकटकर अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरि नेपाल ल्याइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १०:०५

काठमाडौं ।  बैंकिङ कसुर र ठगी मुद्दामा फरार रहेकी सामाजिक सञ्जाल टिकटककी चर्चित प्रयोगकर्ता (टिकटकर) तुलसा अधिकारी पक्राउ परेकी छन् । थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको हाे ।

उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

Advertisement

ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामै उजुरी दर्ता गराएका थिए।

उजुरी परेलगतै अधिकारी फरार भई विदेश भागेपछि उनलाई नेपाल फर्काउन प्रहरीले अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) मार्फत ‘रेड नोटिस’ जारी गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.