
काठमाडौं । धवलशमशेर राणाले राप्रपा छाडेर नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताको छलफलपछि उनले नयाँ अभियान घोषणा गरेका हुन् ।
छलफलपछि राणाले विज्ञप्ति जारी गर्दै आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका छन् ।
नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् । ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ । यसअघि राप्रपा नेता रविन्द्र मिश्रले पार्टी छाडेका थिए ।

























