
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको भर्चुअल बैठक बोलाएको छ । बैठक आजै साँझ ८ बजे बस्ने तय भएको हो । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिको विषयमा छलफल हुनेछ ।
त्यस्तै अनुशासन आयोग, निर्वाचन आयोग र विभागको मनोनयन,अनुशासनात्मक कारबाहीलगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए ।
प्रदेश अधिवेशन कार्यविधि,महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुनेछ ।



















