रवि लामिछाने आज भारत जाँदै, नरेन्द्र माेदीलाई पनि भेट्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार ०५:४९

काठमाडौं । सरकारकाे नेतृत्व  गरिरहेकाे दल रास्वपाका  सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन् ।

भारतीय जनता पार्टी (भाजपा) काे निमन्त्रणामा उनी आज त्यस तर्फ जान लागेका हुन् । भाजपाले भ्रमणबारे  औपचारिक जानकारी दिएलगत्तै रास्वपाले पनि सभापति लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ ।

Advertisement

रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो ।

पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई पनि भेट्नेछन् ।

भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।

पार्टी सभापतिसँगै जाने प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमा अभिव्यक्ति विवादमा : विपक्षी एकमत, संसद् अवरुद्ध हुने संकेत
कोशीमा पत्रकारिता क्षेत्रका समस्या र आचारसंहिताबारे अन्तरक्रिया
रास्वपा सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा, राजनीतिक भेटवार्ताको तयारी
सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
पिर्के सलामीको पुरानो रोग फेरि ब्युँतियो : विवादमा फसिन् मोरङकी रास्वपा सांसद आशा झा
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
विराटनगर र बुढीगंगामा विद्युत अवरुद्ध
उदयपुरको कटारीमा टिपर दुर्घटना, तीन जना गम्भीर घाइते
जुवाको खालबाट नगदसहित ९ जना पक्राउ
जुवाको खालबाट नगदसहित ९ जना पक्राउ
बालेनको अभिव्यक्तिमाथि खनालको आपत्ति, राजीनामा र माफी माग्न माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.