कांग्रेसद्वारा छानबिनको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १४:१२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ । नेपाली कांग्रेसले उक्त अभिव्यक्तिको आधार र तथ्य स्पष्ट गर्न माग गर्दै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

राष्ट्रियसभाको बैठकमा सोमबार आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रन्जित कर्णले प्रधानमन्त्रीको भनाइ गम्भीर प्रकृतिको भएको दाबी गर्दै त्यसबारे तत्काल छानबिन आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति अनुसार नेपालले पनि भारततर्फ जग्गा मिचेको विषयको तथ्य सार्वजनिक गर्नुपर्ने माग राखे ।

Advertisement

सांसद कर्णले प्रधानमन्त्रीलाई २४ घण्टाभित्र विस्तृत विवरण सार्वजनिक गर्न अल्टिमेटमसमेत दिएका छन् । तथ्य प्रमाणित गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सीमा विवादबारे बोल्दै दुवै देशबीच केही स्थानमा जग्गा मिचिएको विषय अध्ययनका आधारमा देखिएको उल्लेख गरेका थिए । उनले समस्या कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै यसलाई ‘साथीको रूपमा समाधान गर्नुपर्ने विषय’ भनेका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । कांग्रेसले संसदमा स्पष्टीकरण, प्रश्नोत्तर कार्यक्रम र छानबिन समिति गठनको माग राख्दै सरकारमाथि दबाब बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.