सदनमा फेरि अवरोध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १५:००

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा सोमबार पनि अवरोध गरेका छन् ।

बैठक सुरु भएपछि सभामुखले प्रतिपक्षी दलका एक–एक जना सांसदलाई बोल्न समय दिएका थिए । त्यसपछि विपक्षी सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।

Advertisement

प्रतिनिधिसभामा रहेका अधिकांश प्रतिपक्षी दलका सांसदहरू विरोधमा उभिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने सिटमै बसेका थिए । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुरुमै बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका थिए ।

प्रधानमन्त्रीको भनाइबारे सांसदहरूले उठाएका प्रश्नमा सभामुखले कुनै स्पष्ट रुलिङ गरेका छैनन् । उनले सांसदहरूलाई बस्न आग्रह गर्दै संसद् जबरजस्ती सञ्चालन गर्न नचाहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.