राष्ट्रियसभा बैठक विपक्षी अवरोधपछि स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १४:०४

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि बैठकको कार्यबाही अघि बढ्न सकेन ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेका थिए । उनीहरूले सोही माग दोहोर्याउँदै बैठक अवरुद्ध गरेका हुन् ।

Advertisement

लगातारको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालन गर्न नसकिने अवस्था बनेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे । उनका अनुसार अर्को बैठक बुधबार दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठक अवरुद्ध भएपछि पनि विपक्षी दलका सांसदहरू केही समयसम्म सभाभित्रै उभिएर विरोध जारी राखेका थिए । उनीहरूले शाहको अभिव्यक्ति आपत्तिजनक भएको दाबी गर्दै त्यसलाई औपचारिक रूपमा फिर्ता लिन सरकारसँग माग गरेका छन् । अवरोधका कारण कार्यसूची अघि बढ्न नसकेपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.