सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १४:४१
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । बुधबार नयाँ दिल्लीमा दुई नेताबीचको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ ।

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन् । । मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै यसले दुई देशबीचको मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।
आफ्नो सन्देशमा मोदीले नेपाल भारतको  ‘पडोसी पहिलो’ (छिमेकी पहिलो) नीतिमा प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गरे । ‘सभापति लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको छ। नेपालसँगको हाम्रो बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन भारत सधैँ तत्पर छ,’ मोदीले भने ।

Advertisement

भेटका क्रममा लामिछानेले दुई देशबीचको सहकार्यलाई जनस्तरसम्म पुर्‍याउने र साझा समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाए । मोदीले लामिछानेसँगको संवाद फलदायी रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल र भारतबीचको सहकार्य अझ विस्तार हुने विश्वास दिलाए ।

सभापति लामिछानेको यो भ्रमण र प्रधानमन्त्री मोदीसँगको भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.