कांग्रेस अनुशासन समितिको बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ०६:४६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्र परेका करिब ७ सय उजुरीमाथि छलफल गरिने भएको छ । समितिका सचिव दिनेश थापामगरका अनुसार निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको, विपक्षी उम्मेदवारलाई सहयोग पुर्‍याएको तथा संगठनात्मक अनुशासन उल्लंघन गरेको आरोपमा उजुरी परेका हुन् ।

Advertisement

विशेषगरी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित उजुरी धेरै रहेको बताइएको छ । बैठकले उजुरीको प्रकृति अध्ययन गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.