सुधन गुरुङ प्रकरण : छानविन समितिले बुझायाे प्रतिवेदन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १४:३०

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारी नेतृत्वकाे समितले प्रतिवेदन बुझाएकाे हाे ।

छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनले बताए । ‘हाम्रो तर्फबाट सकेर प्रतिवेदन बुझायौं । अब बाँकी उतैबाट प्रक्रिया होला,’ उनले भने,’ प्रतिवेदन ४५ पृष्ठको छ ।’

Advertisement

दीपक भट्टसँग अवैध काराेबार देखिएपछि विवादमा आएका तत्कालिन मन्त्री गुरुङले राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न समिति गठन गरेकाे थियाे ।

समितिले गुरुङसँग बयानसमेत लिएको थियो । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.