‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १२:४७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद आपसी संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा दिल्लीस्थित नेपाली दूतावासमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा उनले बेलायतको मध्यस्थता खोजिएको भन्ने आशय गलत भएको स्पष्ट पारेका हुन् । भारतीय सञ्चारमाध्यमका पत्रकारहरूले प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)को अभिव्यक्तिलाई लिएर उठाएका प्रश्नमा मन्त्री खनालले नेपालले सीमा विवादबारे विगतदेखि नै भारत र चीन दुवैलाई कूटनीतिक नोटमार्फत आफ्नो धारणा जानकारी गराउँदै आएको बताए ।

Advertisement

लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले नेपालको सहमतिबिना भारत र चीनबीच कुनै सम्झौता हुन नसक्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री शाहले बेलायतको नाम उल्लेख गर्नुको उद्देश्य मध्यस्थता खोज्नु नभई ऐतिहासिक दस्तावेज र प्रमाणहरूको खोजी मात्र रहेको स्पष्ट पारे । सुगौली सन्धिसँग सम्बन्धित कागजात बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उनले बताए ।

प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनबारे बोल्दै मन्त्री खनालले उक्त प्रतिवेदन नेपाल र भारतका प्रधानमन्त्रीहरूलाई बुझाउने सहमतिअनुसार तयार भएको भन्दै दुवै पक्षको सहमतिबिना सार्वजनिक गर्न नमिल्ने बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा द्विपक्षीय सम्बन्धका समग्र विषयमा छलफल भएको उनले जानकारी दिए ।

उनले नेपाल ऐतिहासिक रूपमा दुई ठूला छिमेकीबीच ‘पुल’को भूमिकामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सन्तुलित कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिइने बताए ।

तपाइको प्रतिक्रिया
मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’
मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’
विराटनगरमा समाचार लेखन र आचारसंहिता सम्बन्धी तालिम
गृहमन्त्रीमा फर्कने सुधन गुरुङको सङ्केत
पहिरोमा ६ खेलाडीको मृत्यु, राखेपले बनायो छानबिन समिति
इजरायलमाथि अमेरिकाको जासुसी आरोप
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.