गृहमन्त्रीमा फर्कने सुधन गुरुङको सङ्केत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १४:३८

काठमाडौं । सम्पत्तिको विषयमा विवाद उठेपछि पदबाट राजीनामा गरेका पूर्वगृहमन्त्री सुधन गुरुङले फेरि गृहमन्त्रालयमा फर्किने संकेत गरेका छन् । गुरुङले राजीनामा दिएपछि सम्पति छानबिन समिति गठन भएको थियाे । समितिले उनकै पक्षमा प्रतिवेदन दिएपछि उनी फर्कन लागेका हुन् ।

आइतबार गाेरखामा भएको रास्वपाको जिल्ला अधिवेशनमा बोल्दै गुरुङले छानबिन समितिले दोषी नदेखाएमा गृहमन्त्रीकारुपमा फेरि फर्किने संकेत गरेका हुन् ।

Advertisement

यदि फेरि प्रधानमन्त्रीले गृहमन्त्री बनाएपछि दुई महिनासम्म कोही पनि तस्बिर खिच्न, बधाई दिन नआउन उनको आग्रह छ ।

‘सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने काम गर्न सुरूका दुई महिनासम्म कोही पनि नआइदिनुहोला’, उनले भनेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.