
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशन स्थगित भएको छ ।
अधिवेशनको दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवाद भएपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हाे ।
शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जनाएका हुन् ।
साहले जारी गरेको सूचनामा महोत्तरीका प्रतिनिधिसँग सल्लाह गरी तथा शान्ति सुरक्षालाई ख्याल गर्दै अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगित गरिएको जनाइएको छ।



















