करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १३:५२

काठमाडौं । करका दर हेरफेर गरेकाे विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनकाे माग उठेकाे छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरकाे सूचना चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ ।

Advertisement

‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीले प्रश्न गरेका छन् । देशका जम्मा तीन जना मान्छेलाई थाहा हुने विषय चुहिनुलाई गम्भीर रुपमा लिन उनले ध्यानाकर्षण गराए । साथै, उनले कुशासनको बाटोमा नलाग्न पनि रास्वपालाई आग्रह गरे ।

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि अर्थमन्त्री विवादमा छन् ।

तपाइको प्रतिक्रिया
नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ
विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेक जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
विराटनगरको ६ लेन सडकमा हराएको सौन्दर्य : उत्सवको हरियाली, उपेक्षाको झाडी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.