
काठमाडौं । विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएकाे छ । विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्म स्थगित गरिएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका थिए । उनीहरूले संवादबाट सहमति खोज्न सभामुखलाई आग्रह गरेका थिए ।

























