प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार ०६:५६

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । साेमबार प्रतिपक्षी दलकाे अवरोधपछि सूचना टास गरेर स्थगित भएको  बैठक आज  दिउँसो १ बजे बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।

Advertisement

अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ । तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै  आएका छन् ।

सोमबार बसेको संसद्‌मा रहेका दलका नेताहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसक्दा बैठक सञ्चालन हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.