
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेशको पहिलो अधिवेशनमा सभापतिका लागि चार जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा सुनसरीकी निर्वतमान कार्यवहाक सभापति गोमा तामाङ, झापाका चन्द्रकुमार गौली (निरज), तेह्रथुमका डाक्टर खगेन्द्र कटुवाल र मोरङका चन्द्रबहादुर राई उम्मेदवार छन् । प्रदेश सदस्यहरुमा ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सदस्यबाट निर्वाचित मध्येबाट पार्टीको उपसभापति १, प्रदेश महामन्त्री १ र सहमहामन्त्री २ जना छनोट गरिनेछ । सदस्यहरुबाट सर्वसम्मत छनोट हुन नसके निर्वाचन हुनेछ ।


























